Admission Open

नेपालमा आज थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २७ जेठ / नेपालमा आज थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...