Admission Open

नेपालभर ३ हजार ४ सय ४९ जनामा कोराना संक्रमण पुष्टी

काठमाडौं, २६ जेठ नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४ सय ४९ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४ सय ४९ सङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ४ हजार ५ सय ६८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएकोमा ८ सय ९५ को रिपोर्ट पोजेटिभ आएको छ । बुधबार चौबीस घण्टामा पाँच हजार ७६८ जना कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५।२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...