Admission Open

अनेसास नवरत्न पुरस्कारका लागि सिफारिस

नेपालीमाला, समाचारदाता

बोस्टन, अमेरिका / अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ ।
समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो ।
समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ुनीशाु , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सिफारिस गरेको छ । यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।
साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा रहेका साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौलाको चयन समितिको सिफारिसमा उक्त चयन गरिएको हो ।
आगामी अगष्ट महिनामा अमेरिकाका एक कार्यक्रम गरि सिफारिस गरिएकाहरूलाई पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...