Admission Open

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोलको मूल्य १२५ रुपैयाँ

काठमाडौं / पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले मूल्य बृद्धि गरेको हो । मूल्य बृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल र मट्टितेल मूल्य प्रतिलिटर १०८ र हवाइ इन्धन (आन्तरिक उडानतर्फ)को मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम भएको छ ।

यस अगाडि निगमले जेठ पहिलो साता पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेकोे थियो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...