Admission Open

थपिने भन्दा झण्डै तीनगुना निको भए

३ हजार ५ सय ४० थपिए, ८ हजार २ सय ४३ कोरोनामुक्त, ६८ को निधन

काठमाडौं, २२ जेठ २२ / नेपालमा एकैदिन थपिने भन्दा झण्डै तीनगुना निको भएका छन् । कोरोनामुक्त हुनेको संख्या अहिले सम्मकै उच्च  पाईएको छ। पछिल्लो चौबीस घण्टामा आठ हजार २४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा आठ हजारभन्दा बढी कोरोनामुक्त भएसँगै नेपालमा हालसम्म चार लाख ८४ हजार ३७३ जना निको भएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८५ हजार १०० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ११ हजार ४७१ नमूना परीक्षण गरिएको छ । सोही अबधिमा पाँच हजार ३४३ एन्टीजेन परीक्षण गरिएकोमा एक हजार ५०२ को रिपोर्ट पोजेटिभ आएको छ ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ६८ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म सात हजार ७९९ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...