Admission Open

रोकिएका परीक्षा जेठ ३१ बाट गर्ने विश्वविद्यालयको निर्णय

काठमाडौं । रोकिएका परीक्षाहरु यही जेठ ३१ गतेबाट सञ्चालन गर्ने निर्णय विश्वविद्यालयले गरेको छ । पोखरा विश्वविद्यालयले जेठ ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको हो । पछिल्लो ऐकेडेमिक परिषद्को बेठकले आठौं समेष्टरको परीक्षा जेठ ३१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

सुरुमा आठौं समेस्टरको परीक्षा सञ्चालन गर्ने र त्यसको एक दुई दिन तलमाथि पारेर सातौं समेष्टरको सञ्चालन गरिने पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले बताउनु भयो ।
अर्यालका अनुसार परीक्षा सञ्चालन नहुँदा विद्यार्थीलाई मर्का परेकोले अनलाइन बाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको र अरु रेगुलर सेमेष्टरकोे हकमा इन्र्टनल असाइनमेन्ट सकेर मात्र परीक्षा बारे निर्णय गरिने बताउनु भयो ।

अर्यालले भन्नु भयो “अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्ने निणयको सन्दर्भमा ७० प्रतिशत लिखित परीक्षा हुने र ३० प्रतिशतको मौखिक परीक्षा हुनेछ ।”

लिखित परीक्षाको हकमा विश्वविद्यालयले प्रश्न तयार गरेर १ घण्टा अगाडि मात्र कलेजाई पठाइने र १५ मिनेट अगाडी कलेजले परीक्षार्थीलाई प्रश्न उपलब्ध गराउने छ । विद्यार्थीले प्रश्न पत्र पाएपछि तोकिएको समयभित्र उत्तर पुस्तिकाको सफ्ट कपि उल्लेखित इमेलमा पठाउनु पर्नेछ । समय सिमा भन्दा पछि पठाइएको उत्तर पुस्तिकालाई विश्वविद्यालयले मान्यता नदिइने जनाएको छ । प्रश्नको मोडेल साविकको भन्दा केहि फरक हुनेछ ।

त्यसैगरी परीक्षार्थीले ३० प्रतिशतको मौखिक परीक्षा पनि दिनु पर्नेछ । मौखिक परीक्षा लिदा भिडियो कल मार्फत विद्यार्थीलाई प्रश्न सोधिने छ । रेकर्डिङ गरिने भिडियो कलमा विश्वविद्यालयको तर्फबाट एकजना प्रतिनिध, केन्द्राध्यक्ष र एक जना कलेजबाट विषय शिक्षक रहने व्यवस्था गरिएको छ ।
वैकल्पिक विधिबाट परीक्षा सञ्चालन हुँदा विद्यार्थी पास हुनको लगि लिखित परीक्षामा र मौखिक परीक्षा दुबैमा अनिवार्य रुपमा पास हुनै पर्ने व्यावस्था गरिएको उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...