Admission Open

आन्तरिक मुल्यांकनबाट एसईई परीक्षा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय सरकारले गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।

बैठकमा सहभागी एक मन्त्रीले नेपाल भन्नुभयो, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गरेको हो ।’

राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईईको परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । त्यसै प्रस्तावका आधारमा शिक्षामन्त्री श्रेष्ठले मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका हुन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...