Admission Open

अनेसासले मनायो महानन्द जयन्ती

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले शनिवार भाषाशास्त्री महानन्द सापकोटाको १२५ औँ जन्मजयन्ती मनाएको छ । नेपाली निर्वचनु नामक ग्रन्थका लागि दर्शन(विज्ञान) विधामा २०२७ सालको मदन पुरस्कार प्राप्त गरेका सापकोटाका डेढदर्जन साहित्यक कृति प्रकाशित छन् । अनेसास जर्जिया च्याप्टरको सहयोगमा अनेसास केन्द्रले आयोजना गरेको यो कार्यक्रमलाई ु अनेसास अनलाइन संवादुको ५४औँ श्रृङ्खलाको रुपमा प्रस्तुत गरिएको हो ।
वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको पहिलो सत्रमा डा. शंकर सुब्बा फागो, तेराख, राधेश्याम लेकाली, गीता सापकोटा, महेश प्रसाई, डा. संजीव सापकोटा, रोहिणी शर्मा, सुशील पौडेल, सर्वज्ञ वाग्ले, किरण मानिके , रमाकान्त सापकोटालगायतले साहित्यकार महानन्द सापकोटाको बारेमा प्रकाश पारेका थिए ।
यसैगरी कार्यक्रमको दोस्रो सत्रमा आयोजित कविता प्रतियोगीतामा दुई दर्जन प्रतियोगी कविले कविता वाचन गरे । वाचित कविता मध्येबाट प्रभा भट्टराई, पदम विश्वकर्मा र गोवर्द्धन पूजा संलग्न निर्णायक समितिले केशव भण्डारी (नेपाल), विन्दा पराजुली (जापान) र रत्न विरही (नेपाल)को कवितालाई उत्कृट तीन छनोट गरेर जनही एकएक सय अमेरिकी डलर नगद पुरस्कारले सम्मानित गरेको छ । पुरस्कारको प्रायोजन अनेसास बोर्डअफ ट्र्स्टीका सल्लाहकार रोहिणी शर्माले गरेका हुन् ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अतिथि कविहरू तीर्थराज अधिकारी, पुरु सुवेदी, राम लामा अविनाशी, राजेन्द्र श्रेष्ठ, विमला निरौला, तारा अधिकारी, चन्द्रा न्यौपाने, हरिलाल शर्मालगायतले पनि सिर्जना वाचन गरे ।
पूर्वी नेपालको इलाम जिल्लाको इरौँटार देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० मा जन्मेका सापकोटाको २०३५ साल असार १ मा देहावसान भएको थियो । अनेसासले विगत पाँच वर्षदेखि वार्षिक रुपले सापकोटाको सम्मानमा कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...