Admission Open

सरकारले बढायो बृद्धभत्ता, अब मासिक ४ हजार

काठमाडौं  / सरकारले बृद्धभत्ता बृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत बृद्ध भत्ता बृद्धि गरेर ४ हजार रुपैयाँ पुर्याएका छन् ।
२०५१ सालमा तत्कालीन एमाले सरकारले बृद्ध भत्ताका सुरुवात गरेको थियो । त्यो बेला ज्येष्ठ नागरिकलाई मासिक सय रुपैयाँ भत्ता दिन सुरु गरिएको थियो । अहिलेसम्म ज्येष्ठ नागरिकले मासिक भक्ता बापत ३ हजार रुपैयाँ पाउँदै आएका छन् ।
अर्थमन्त्रीले यसपटक अध्यादेशमार्फत बजेट ल्याएका छन् । बजेट सवा १६ खर्ब रुपैयाँ बराबरको छ । सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब बिनियोजन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...