Admission Open

नेपाललाई खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपतिवीच वार्ता

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सीवीच उच्चस्तरिय वार्ता भएको छ । वार्ताका क्रममा चीनले नेपाललाई कोरोना विरुद्धको खोप नेपाललाई उपलब्ध गराउँने भएको हो ।

कोरोना भाइरस (कोभिड– १९) बिरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने कुरामा चिनियाँ राष्ट्रपति सीले प्रतिवद्धता जनाउनुभएको स्रोतले जनाएको छ । चिनियाँ राजदूत होउ यान्छीले ट्वीट गर्दै यो कुराको जानकारी दिनुभएको हो ।

चिनियाँ राष्ट्रपति सीले नेपालको पछिल्लो अवस्थाबारे चासो राख्दै सहयोगको प्रतिवद्धता व्यक्त गरेको राष्ट्रपति निकट स्रोतले जनाएको छ । यसअघि चीनले अनुदानस्वरुप दिएको सिनोफार्म भ्याक्सिन र अक्सिजन सिलिन्डर सहयोगको विषयबारे पनि उल्लेख भएको थियो ।

राष्ट्रपति भण्डारीले थप भ्याक्सिन पठाउन आग्रह गर्नुभएको थियो । चिनियाँ राष्ट्रपतिले नेपालको विकसित राजनीतिक घटनाक्रमबारे समेत चासो राखेको स्रोतले बताएको छ ।

उहाँले नेपालको पछिल्लो घटनाक्रममा चासो दिँदै राजनीतिक स्थिरतामा जोड दिएको बुझिएको छ । यसअघि चिनियाँ पक्षसँग नेपालका मुख्य राजनीतिक दलका नेताहरुले भर्चुअल कुराकानी गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...