Admission Open

पत्रकार महासङ्घले कल्याणकारी कोष बनाउने

तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले कल्याणकारी कोष स्थापना गर्ने भएको छ । शाखाको शनिबार भर्चुअच माध्यमबाट सम्पन्न बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोग गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।

बैठकले क्रियाशील पत्रकारहरूको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण दिनप्रतिदिन बढिरहेकाले स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गर्न महासङ्घले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...