
चैत्र–वैशाख वशन्त हो हावाहुरी चल्छ
पूरानु पात झरेर नयाँ पलाउँछ

जेठ–असार ग्रिष्म ऋतु पानी पर्छ दर्केर
गर्मी पनि उखरमाउलो घाम चर्केर

साउन–भदौ दुई महिना वर्षा ऋतु हुन्छ
खहरे र खोल्सीले नि फोहोर मैला धुन्छ

असोज–कात्तिक शरद हो सबै हराभरा
फूलको माला तिहारमा, दसैँ जमरा

मंसिर–पुष हेमन्त हो पाक्छन् बालीनाली
भकारीमा पुग्छन् अन्न पेट हुन्न खाली

शिशिर हो माघ–फागुन उराठिलो हुन्छ
नाङ्गै हुन्छन् वनपाखा न्याउली यसै रुन्छ ।

- बालबोलीबाट


