Admission Open

खोप खरिदमा कुनै लेनदेन छैन, बुझेर मात्र बोल्नुस् : स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं, २८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताउदैँ खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको र नलिएको दाबी गर्नु भएको छ ।
स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उहाँले भन्नु भयो ‘यो बीचमा धेरै हल्लाहरू आए। तर म के स्पष्ट पार्न चाहन्छु भने खोप खरिदका लागि कसैलाई एक पैसा कमिसन दिएका छैनौं र लिएका पनि छैनौं।’ उहाँले खोप खरिदबारे हल्ला र अपवाह फैलाएको गुनासो पनि गर्नुभयो।

‘हामीले खरीद गरेकै २० लाख डोज हो। त्यो पनि ४ डलरको दरले। त्यसबाहेक अरु कुनै खरिद नै भएको छैन। जुन ढंगले कुरा उठे। संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुस्। कुनै तथ्य बिना नबोल्नुस्’ उहाँले चुनौती दिँदै भन्नु भयो, ‘यदि ४ डलर भन्दा कममा कसैले खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोड भन्दा बढी डोज खरिद गर्न तयार छ।’ मन्त्री त्रिपाठीले सेरममा आगलागी भएका कारण सरकारले किनेको खोप पनि दिन नसकेको स्पष्टिकरण दिनुभयो। तर सेरमले नै आगलागीपछि पनि खोप उत्पादन र आपूर्तीमा कुनै असर नपर्ने बताएको थियो।

‘सेरममा आगलागी भयो। त्यही बीचमा भारतमा महामारी फैलियो। भारतले खोप निर्यातमा प्रतिवन्ध लगायो’ उहाँले भन्नुभयो, ‘अब २० प्रतिशत निर्यात गर्न अनुमति दिएको छ। अब हामीलाई आशा पलाएको छ। सेरमले त्यो अनुमति पायो भने पहिलो खेप नै हामीले पाउने विश्वास गरेका छौं।’ त्यस्तै उहाँले खोप खरिदका लागि अरु देशसँग पनि पहल भइरहेको बताउनु भयो।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...