Admission Open

नेपालमा कोराना संक्रमणबाट एकै दिन १३९ को मृत्यु, ९ हजार १ सय २७ नयाँ संक्रमित

काठमाडौं, २७ वैशाख : नेपालमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै धेरै १३९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार १ सय २७ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या ४ लाखमाथि पुगेको छ ।

गएको २४ घण्टामा ४ हजार ७ जना संक्रमणमूक्त भएका छन् भने अहिले नेपालमा सक्रिय संक्रमितको संख्या लगभग ९४ हजारको हाराहारी पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...