Admission Open

के तपाई उपत्यकाबाट बाहिर जान खोज्दै हुनुहुन्छ ? यसो गर्नुस्

काठमाडौं ः निषेधाज्ञाकाकै समयमा पनि उपत्यकाबाट बाहिर जिल्लासम्म सजिलै जान सकिने भएको छ ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला ः काठमाडौ, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने र यसवीचमा कसैले काठमाडौं उपत्यका छोड्न चाहेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने र सिफारिस लिएको खण्डमा गाउँ-जिल्ला फर्कन दिईने बारे निर्णय गरेको छ ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिस दिएको खण्डमा त्यसै सिफारिसको आधारमा उनीहरुलाई गाउँ घर जिल्लासम्म जान दिने उल्लेख गरिएको छ । त्यसैले यदि तपाईँ विभिन्न कारणले काठमाडौँ बाहिर जान खोज्दै हुनुहुन्छ भने आजै त्यही व्यहोराको सिफारिस बनाउँनुहोस् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...