राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी ७ अध्यादेश जारी

काठमाडौं, २१ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी लगायतका ७ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपतिले २१ गते मंगलबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नु भएको हो ।

राष्ट्रपतिले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश (२०७८), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, (२०७८), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, (२०७८)  लगायतका अध्यादेश जारी गर्नु भएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...