Admission Open

नेपालमा आजसम्मकै धेरै कोरोना संक्रमित : ७ हजार ४ सय ४८ जनामा संक्रमण, ३७ जनाको मृत्यु

काठमाडौं, २० वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा संक्रमणको संख्या दिनानु दिन बढिरहेको छ । आज अहिलेसम्मकै धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा ७ हजार ४ सय ४८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको हो भने कोरोनाका कारण ३७ जनाले मृत्युवरण गरेका छन ।
१६ हजार ६ सय ५८ जनाका गरिएको पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ जना र ५ सय १८ जनाको एन्टिजेन परीक्षणमा ६० जना गरी जम्मा ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...