Admission Open

गएको चौबीस घण्टामा नेपालमा ५ हजार ७ सय ६३ जना नयाँ कोराना संक्रमित थपिएः १९ को चोला उठ्यो ।

काठमाडौं, १८ वैशाख : नेपालमा गएको चौबीस घण्टामा ५ हजार ७ सय ६३ जना नयाँ कोराना संक्रमित थपिएका छन् भने कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा ५ हजार ७ सय ६३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै अहिले सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । त्यसैगरी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ९८ पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...