Admission Open

गएको चौबीस घण्टामा ४ हजार ९ सय २८ जना कोरोना संक्रममित थपिए, ३५ संक्रमितको मृत्यु,

काठमाडौं, १६ वैशाख : नेपालमा गएको चौबीस घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षण गरिएकोमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षण गरिएका मध्ये ९७ जनामा कोरोना पुष्टी भएसँगै जम्मा ४९२८ जना संक्रमित थपिएका हुन्। साथै कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

त्यसैगरी गएको चौबीस घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई घर फर्कनेको संख्या ८८८ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...