Admission Open

न कुनै भौतिक दुरीको पालना,  न त स्वास्थ्य मापदण्ड

काठमाडौं, १५ वैशाख : लामो समयको बन्दाबन्दीको सास्ती खेपेका सर्बसाधारणले बजार खुलेसँगै केही राहतको महसुस गर्न थालेका थिए । पुनः कोरोना संक्रमण अत्यधिक बढ्न थालेपछि ज्यालादारी गरेर, खुद्रा पसल चलाएर, र अन्य दुखजिलो गरेर काठमाडौँमा बसेका सर्बसाधारण फेरि कोरोनाको भुतभुतेमा परेका छन् । आफ्नो पढाइलाई निरन्तरता दिन, रोजगारी गर्न तथा दैनिक जिवीका चलाउने अवशर खोज्दै राजधानी बसेकाहरुलाई अर्को बित्याँस आईपरेको छ । भोलि वैशाख १६ गते विहान ६ बजेदेखि हुन लागेको निशेधाज्ञा छल्न गाउँ फर्कने हतारोमा आफ्ना पोका पुन्तुरा कसेर काठमाडौँको नयाँ बसपार्क, कलंकी, कोटेश्वर र पुरानो बसपार्क (रत्नपार्क) मा आआफ्ना गन्तब्यको सवारी खोज्दै भिड लागेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकका सबै कुरा बन्द हुने अर्थात निशेधाज्ञा लागु हुने भएपछि विभिन्न कारणले उपत्यकामै बस्न बाध्य र विशेष गरि भाडामा बसीरहेका बाँकी सर्बसाधारण पनि अन्यौलमा छन् ।

काठमाडौँको रत्नपार्क एरियामा फुटपाथमा कपडा व्यापार गरेर परिवार पाल्दै र छोराछोरी पढाउँदै आउँनु भएका भोजपुरका विष्णुराम खड्का भन्नुहुन्छ, ‘आफ्नो त गाउँमा पनि खेतिपाती हुने ठाउँ छैन, बस्ने बास पनि छैन, धेरै वर्षदेखि यहाँ (काठमाडौँ) बसियो, अव कतै जाने ठाउँ नभएपछि कहाँ जानु ? अव व्यापार गर्न नपाएपछि के गरेर खाने ? फेरि आफूमात्रै भए त जे होला भन्नु हुन्थ्यो पाँचजनाको परिवार छ त्यसमाथि घरभाडा तिर्नु पर्छ । अरु कमाउने ठाउँ छैन । अघिल्लो वर्ष पनि त्यस्तै बिचल्ली भयो । अलिअलि कमाएर जोहो गरेको खाइयो । त्यतिवेला त अलिअलि राहत पनि पाएका थियौँ ‘ यसपाला के हुन्छ ? उहाँले उल्टै प्रश्न गर्नु भयो ।
बसपार्क तथा कोटेश्वर र कलंकी एरियामा मानिसहरुको बाक्लो भिड छ । न त्यहाँ कुनै भौतिक दुरीको पालना छ  न त स्वास्थ्य मापदण्ड । कतिपयले माक्सको नाममा धेरै दिनदेखिको मैलो मेडिकल माक्स त्यो पनि चिउँडोमा मात्र अड्याएर लगाएका छन् ।
यसले गर्दा सहरबाट गाउँ गएकाहरुले नै फेरि गाउँगाउँमा कोरोनाको भयावह नहोला भन्न सकिन्न ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...