Admission Open

ad place

गएको २४ घण्टामा थपिए ४ हजार ५ सय २४ जना कोरोना सङ्क्रमित, १८ जनाको मृत्यु

काठमाडौं, १४ वैशाख ः नेपालमा ४ हजार ५ सय २४ जना कोरोना भाईरस सङ्क्रमित थपिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ पुगेको छ ।

१४ हजार ६ सय ७२ जनामा गरिएको पीसीआर परीक्षण मा ४ हजार ३ सय ६४ जना र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १६० जना गरी जम्मा ४ हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख सात हजार ९ सय २५ भएको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार ५ सय ६ जना रहेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा ५ सय ५५ जना सङ्क्रमित कोरोनामुक्त भई घर फर्किएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...