Admission Open

धरानमा कोरोनाको त्राससंगै खानेपानीको हाकाहाकार दैनिक जनजिवन कष्टकर

सुनसरी : सुनसरीको धरान उपमहानगरपालिकामा कोरोनाको त्राससंगै खानेपनीको हाहाकार हुँदा दैनिक जनजीवन कष्टकर बनेको छ । देशैभरी कोरोनाले महामारीको रुप लिए पश्चात सरकारले सर्बसाधारणहरुलाई सचेत हुन आग्रह गरिरहेका बेला प्रदेश १ कै दोस्रो ठूलो सहर धरानका सर्बसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन् ।

अस्पतालमा विरामीको चाप बढिरहेको र भर्ना हुने सम्भावना पनि कम भैरहेका बेला धरानवासीलाई खोनेपानी समस्याले थप पिरोलिरहेको छ । महिनादिन देखि धरानका क्रमशः १ देखि १९ नम्बर वडामा नियमित खानेपानी आएको छैन् । दिन बिराएर आउने खानेपानी आधाघण्टा नपुग्दै बन्द हुने भएकाले धरानमा खानेपानीको चरम अभाव भएको छ । घरमा खानेपानी नआएका कारण निम्न आयश्रोत भएकाहरुले एक घण्टा हिडेर बमधारा, खत्री धारा, विष्णुपादुका, चारकोसे झाडी लगायतका स्थानबाट पानी ल्याउने गरेका छन् । हुनेखानेले मिनिरल वाटर ट्याङकरबाट पानी किनेर जिविका चलाउने गरेका छन् । धरानमा खानेपानी समस्या भए पश्चात विभिन्न सामाजिक संघसंस्थाले स्थानीयलाई निःशुल्क पानी वितरण सुरु गरेका छन् ।

धरानवासीलाई उपमहानगरपालिकाले प्रयाप्त खानेपानी वितरण नगरेका कारण धरानवासी काकाकुल बन्नु परेको स्थानीयको गुनासो छ । खानेपानी अभावकै कारण होटल, कलकारखाना संचालनमा गंभीर समस्या आएको छ । महिनादिन देखि धरानमा पानी सहज रुपमा नआए पश्चात दैनिक पानी किनेर होटल व्यबस्या संचालन गर्नुपरेको होटल एसोशिएसन धरानका उपाध्यक्ष तथा धरान किचनका संचालक कृष्ण पाठकले बताए । धरान आउने पर्यटकहरुलाई प्रयाप्त पानी दिन नसकेका कारण होटल व्यबसाय संकटमा परेको उनको गुनासो छ ।

धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग भएपनि धरान खानेपानी व्यवस्थापन बोर्डले दैनिक एक करोड लिटर पानी पनि वितरण गर्न सकेको छैन् । पहिनादिनदेखि घरको धारामा पानीको थोपा नआए पश्चात दैनिक खानेपानी किनेर गुजारा चलाउनु परेको धरान–१५ कि इन्द्रकुमारी राईले बताईन् । पटकपटक धरान खानेपानी व्यवस्थापनलाई पानी माग्दासमेत नपाएको उनको गुनासो छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा खानेपानीको हाहाकार भएको जनगुनासो आए पश्चात तत्काल सबै घरमा पानी वितरण गर्न धरान खानेपानी व्यबस्थापन बोर्डका प्रमुख राजु पोखरेललाई निर्देशन दिएको बताए । उनले खानेपानी वितरणमा लापरवाही गरिएको पाईए बोर्डका कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...