Admission Open

ad place

अपाङ्गता भएकालाई कुखुराका चल्ला वितरण

Illustration of Easter festival

गण्डकी, १४ वैशाख : अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यका साथ पोखरामा बीउ पूँजीका रूपमा कुखुराका चल्ला वितरण गरिएको छ । नेपाल अपाङ्ग समाज सेवा सङ्घ केन्द्रीय कार्यालय पोखराको पहल एवं गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक अतिविपन्न एवं अशक्त १५ परिवारलाई कूल ३०० चल्ला वितरण गरिएको हो ।

सामाजिक विकास मन्त्रालयको रु एक लाख ६० हजार आर्थिक सहयोगमा कुखुराको खोर सुधार, दानासहित प्रत्येक परिवारलाई २०/२० वटाका दरले गिरिराज कुखुराका चल्ला वितरण गरिएको सेवा सङ्घका केन्द्रीय अध्यक्ष बुद्धिबहादुर पन्त ९बाग्दास०ले जानकारी दिनुभयो ।

विभिन्न दुर्घटना तथा आजन्म शारीरिक अपाङ्गता भएका व्यक्तिलाई आर्यआर्जन गरी स्वरोजगार बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्पलाई पूरा गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिँदै उहाँले यस क्षेत्रमा कष्टकर जीवन बिताउन बाध्य थप ५० परिवारलाई सहयोगको आवश्यक रहेको बताउनुभयो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले अपाङ्गता भएका व्यक्तिलाई बीउ पूँजीअन्तर्गत कुखुराका चल्ला वितरणले आयआर्जनसहित जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सामुदायिक प्रहरी जिल्ला समन्वय समिति कास्कीका संयोजक बोधराज कार्कीले सपाङ्गता भएका व्यक्तिले अपाङ्गता भएकालाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिँदै समाजका अशक्त व्यक्तिका लागि गर्न सहभागीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा समाजसेवी दामोदर शर्मा, प्रेमबहादुर गुरुङलगायतले समाजमा अपाङ्गता भएका व्यक्तिलाई सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...