काठमाडौं, १२ वैशाखः काठमाडौं उपत्यका लगायत देशका केही सहरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अधिक मात्रामा बढ्न थालेपछि लकडाउन बारेमा निर्णय गर्न संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठक बसिरहेको छ । तत्काल देशव्यापी लडडाउन नभए पनि आशिंक लकडाउन हुनसक्ने समितिका एक सदस्यले बताउनु भयो । उहाँका अनुसार, ‘काठमाडौँ उपत्यका लगायतका सहरहरुमा र संक्रमण धेरै रहेका क्षेत्रहरुमा लडडाउन लगाउनसक्ने देखिन्छ ।’
