Admission Open

नेकपा एमालेका दुई शीर्ष नेताहरुवीच भेटवार्ता

काठमाडौ, ८ वैशाख ः नेकपा एमालेका दुई शीर्ष नेताहरुवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं बरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौँ नक्सालस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । भेटवार्तामा दुबै नेताले आआफ्नै कुरामा अडान राखेको बुझिएको छ । दुबै नेतावीच लामो समयदेखि औपचारिक भेटघाट र वार्तालाप भएको थिएन । यो भेटले नेकपा एमालेमा नयाँ उर्जा थपिएको छ । गएको चैत १ गते नेकपा एमालेको पार्टी कार्यालयमा दबै नेतावीच भेटवार्ता भए पनि त्यो उपलब्धीमूलक भएन । त्यसपछिको यो भेटमा पार्टी टुक्रिन नदिन नेता नेपालले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीले गुटगत गतिविधि नगर्न अनुरोध गर्नुभएको थियो । पुनः अर्को पटक बस्ने भन्दै दुबै नेता उठेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...