Admission Open

गिलो भात

लघुकथा

# श्रीराम राई

अभियानले राजनीति गरेको दश वर्ष भयो । उनका बारेमा मान्छेहरू भन्छन् –

–नेताहरूले कात्रोमा गोजी सिलाउँछन् र जनताको सेवाभन्दा ऐयासी जीवनमा रमाउँछन्।
– अभियान कुनै दिन भुइँमा न भाँडामा हुनेछन् । उनले जनताका लागि के गरेका छन् ?
– हिजोसम्म सडक पेटीमा हिँड्थे। अहिले भीडमा आकाश छेड्ने कुरा गर्छन् ।
– उनकी श्रीमती सुखसयलमा हुर्केकी छिन् । झन् मस्तकी तरुनी देखिँदै छिन्।
– जनता सडकमा ओर्लिए भने उनले बाउको बिहे देख्ने छन् ।
– नेताको बुद्धि हराम हुन्छ ।
अभियानका विरुद्धमा यस्ता स्टाटसहरू लेखिए ।
उनको पक्षमा लेखिने स्टाटसहरू यस्तै हुन्थे । तर म भने सोच्थेँ –
–सबै नेता उहाँजस्तै संयम र शालीन भए देश अर्कै हुने थियो ।
– हाम्रो नेता, हाम्रो विकास शीर्षकको अन्तरक्र्रिया चाँडै सुरू हुनेछ । हेरूँ न, सत्यका पक्षमा बोल्ने जनता हुन्छन् कि हुँदैनन् ! त्यसै आरोप लाएर मात्रै हुन्छ रु
– हामी हल्लाको पछि दगुर्नु हुँदैन । गलत कुरा होइन, राम्रो कुरा लेख्नुपर्छ । सधैं सकारात्मक सोच लिनुपर्छ ।
अभियान लेख्थे, सहरका भित्री सडकहरु जताततै भत्किएका छन् । पिच गर्न पाए राम्रो हुन्थ्यो । म यो काम सकेसम्म चाँडै पूरा गर्नेछु ।
अभियानले धेरै तनाव झेले । कहिल्यै राम्रोसँग बस्न पाएनन् । अचानक सडक दुर्घटनामा परेर उनको मृत्यु भएको खबर सनसनी फैलियो । एक महिनापछि म अभियानको घरमा जाँदै थिएँ । पत्रकारलाई पनि घरनजिक भेटेँ । पत्रकार र म उनको घरमा पस्यौं ।

पत्रकारले भात खाँदै गरेकी अभियानकी एघार बर्से छोरीलाई सोधेँ, – नानी, भात खाँदैछ्यौ ?
छोरीले पत्रकारसँग भनिन्,–होइन अंकल । गिलो भात खाएको ।
‘किन र नानी, सञ्चो छैन ?’ पत्रकारले तुरुन्त सोधे ।
‘होइन नि अंकल, हामी त सधैँ गिलो भात नै खान्छौँ । मेरा बाबाले गिलो भात कति मन पराउनुहुन्थ्यो ।

बिना पसिनाको अन्नपानीले सराप्छ भन्नुहुन्थ्यो ।

अहिले पनि हामी त गिलो भात खाँदै छौँ अंकल ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...