Admission Open

ad place

शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं ६ वैशाख : सरकारले कोरोनाभाइरस (कोभिड १९) प्रभावित शहरी क्षेत्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयहरु बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालयलाई भौतिक कक्षा सञ्चालन बन्द गर्न र अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, पर्सा, रुपन्देही, बाँके, कैलाली, दाङ, सुर्खेत, बारा, बाग्लुङ र मोरङ जिल्लालाई अति प्रभावित जिल्लाका रुपमा वर्गीकरण गरिसकेको थियो।
केही समयदेखि देशमा कोरोनाभाइरसको संक्रमण अत्यधिक बढ्दै गएपछि र विद्यार्थीहरुमा धमाधम कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि सर्वसाधारणबाट समेत कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको थियो । यसरी संक्रमण बढ्न थालेपछि मन्त्रालयले पनि बन्द गरिनुपर्ने बताउँदै आएको थियो ।
तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा अलमल गर्दै आएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...