Admission Open

एक महिनाभित्र दोस्रो पटक बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले एक महिनाभित्र दोस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा समान प्रतिलिटर २ रुपैयाँ बढाएको हो । बृद्धिसँगै पेट्रोलको प्रतिलिटर मूल्य १२० रूपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य १०३ रूपैयाँ पुगेको छ ।
निगमका अनुसार हवाई इन्धन र ग्यासको मूल्यमा भने कुनै फेरबदल नगरेको जनाएको छ । निगमले यही चैत ३ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको जानकारी गराएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...