Admission Open

लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना

पछिल्लो समय लागुऔषध दुव्र्यसनी क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ । पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेतना प्रदान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जिल्लाका सबै माविस्तरमा सचेतना फैलाउने जानकारी दिनुभयो । “सबै मिलेर लागुऔषध दुव्र्यसनीका क्रियाकलाप पूर्णरुपमा बन्देज गर्नुपर्छ”, प्रजिअ थापाले भन्नुभयोे, “लागुऔषधमा फसेकालाई सुधारगृहमा लैजाने र कानूनी सजाय दिएर सुधार हुन प्रेरित गर्ने कार्य भइरहेको छ । सुधारगृहबाट सुध्रिएर आएका खण्डमा जीविकोपार्जनका क्रियाकलापमा संलग्न गर्न पहल हुनेछ ।”

कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै लागुऔषध ओसारपसार र सेवन गर्नेको सङ्ख्या बढिरहेका छन् । जुम्ला लागुऔषधको प्रभावित जिल्ला बन्दैछ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी लागुऔषध सेवन तथा ओसारपसार भइरहेको प्रजिअ थापाले बताउनुभयो । जिल्लामा दबाब समिति गठन गर्ने, लागुऔषध ओसारपसार र सेवन गर्ने क्षेत्रको पहिचान गर्ने तथा गाउँबस्तीदेखि विद्यालयस्तरसम्म सचेतनाका क्रियाकलाप अघि बढाउने तयारी भइरहेको जिप्रकाले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...