Admission Open

स्याउका बिरुवाको बीमा

खलङ्गा, ११ चैत : शिखर इन्सुरेन्स कम्पनी शाखा जुम्लाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ । किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्सुरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुम्ला, कालीकोट र मुगुमा एक हजार ४१२ किसानले बीमाको क्षतिपूर्ति पाएका छन् । जुम्ला ७४७, कालीकोट ३४७ र मुगुमा ३०० स्याउ किसान बीमित भएका थिए ।” स्याउको बिरुवा बीमा गरिएअनुसार क्षतिपूर्ति वितरण शुरु गरिएको इन्चार्ज पाण्डेले जानकारी दिनुभयो ।

जुम्लामा मात्रै एक करोड ३३ लाख क्षतिपूर्ति वितरण गरिएको छ । जुम्लामा १६ हजार घरधुरीमा स्याउ खेती गर्दै आएकामा हावाहुरी र असिनाले स्याउको फलमा क्षति पु¥याएको थियो । कृषि कार्यालयका अधिकृत खेमराज शाहीका अनुसार खेतीमा क्षति व्यहोर्नु परेका किसान क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । प्रतिबिरुवा रु २७० का दरले किसानले क्षतिपूर्ति पाउने गरेको शिखर इन्सुरेन्सले जनाएको छ ।

यस वर्ष जुम्लामा एक करोड ३३ लाख बिरुवा वितरण गरिएको छ । जिल्लामा सबैभन्दा बढी पातारासी गाउँपालिका उर्थु गाउँका स्याउ किसान अधिराज विष्टका ७०० बिरुवा बीमा गरिएको थियो । उहाँलाई स्याउमा फल नलागेपछि बीमा गरेबापत एक लाख ८९ हजार प्रदान गरिएको इन्सुरेन्सले जनाएको छ ।

पाँच सय बिरुवाको बीमा गरेबापत देवी सेजुवालले रु एक लाख ३५ हजार पाउनुभएको छ । त्यसैगरी धनबहादुर थापाले पनि ५०० बिरुवाको बीमा गरेर क्षति भएबापत रु एक लाख ३५ हजार रकम नै प्राप्त गर्नुभएको छ । बीमाको रकम भने यस वर्ष किसानको घरमै गएर वितरण गरिएको छ । किसान विष्टले यस वर्ष स्याउ नफलेर घाटा लागेको तर बीमाले थोरै राहत गरेको बताउनुभयो ।

रु एक सयमा यहाँका किसान स्वयंको दुर्घटना बीमा गरिएको छ । एक वर्षअघि जुम्ला चन्दननाथका रत्नराज गिरीको स्याउ बगैँचामै मृत्यु भएका कारण रु दुई लाखसमेत उपलब्ध गराइएको थियो । अब शिखरले पशु र घरको बीमा पनि शुरु गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...