Admission Open

नेसंविका पुस्तकालय र प्रशासनिक भवन निर्माण

जलेश्वर, ११ चैत : नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत विद्यापीठमा पुस्तकालय र प्रशासनिक भवन निर्माण भएको छ । विद्यापीठमा नेपाल सरकारको रु एक करोड १४ लाख ९६ हजार १८२ लागत सहयोगमा दुईतले अत्याधुनिक खुला पुस्तकालय र प्रशासनिक भवन निर्माण गरिएको हो ।
देशकै सबैभन्दा जेठो संस्कृत विद्यापीठका सबै प्रशासनिक भवन जीर्ण भइसकेको र पुस्तकालयको उचित व्यवस्था नहुँदा प्रशासन तथा विद्यार्थीलाई समस्या हुने गरेको थियो । अत्याधुनिक भवन निर्माणपछि सबैलाई सहज भएको निर्माण समितिका अध्यक्ष एवं विद्यापीठका प्राचार्य धीकुमार झाले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ देखि निर्माण शुरु भई चार वर्ष लागेर सम्पन्न भएको भवनको भुइँतलामा पुस्तकालय र माथिल्लो तल्लामा प्रशासकीय कक्ष रहेको विद्यापीठका प्रशासन प्रमुख वरुणकुमार मण्डलले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...