Admission Open

काभ्रे उद्योग वाणिज्य सङ्घमा पसछे विजयी

बनेपा, २४ फागुन : काभ्रे उद्योग वाणिज्य सङ्घको ४१औँ साधारणसभा तथा अधिवेशनबाट राजेन्द्र पसछे विजयी हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानले पसछेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका संयोजक लक्ष्मीलाल राजभण्डारीले विजयी समूहको नाम सार्वजनिक गर्नुहुँदै पसछेले ५४० मत ल्याएर निकटतम प्रतिस्पर्धी वसन्तनारायण भोछिभोयालाई १०१ को फरकमा विजयी हासिल गरेर विजयी भएको घोषणा गर्नुभएको हो । भोछिभोयाले ४३९ मत प्राप्त गर्नुभएको थियो । सङ्घको वरिष्ठ उपाध्यक्षमा प्रताव वैद्य निर्विरोध निर्वाचन हुनुभएको थियो भने अर्का उपाध्यक्षमा ग्रोवेन तौजले ६०२ र कैलाश पलाञ्चोकले ६९८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

सङ्घको महासचिवमा रवीन्द्र बैदार ५९० मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी विकास शर्मा तिमल्सिनालाई पछि पार्दै विजयी हुनुभएको हो । तिमल्सिनाले ३६४ मत प्राप्त गर्नुभएको थियो । सचिवमा भने यशकुमार रञ्जीत निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यस्तै सङ्घको कोषाध्यक्षमा रञ्जीत पलाञ्चोके विजयी हुनुभएको छ भने सहसचिव पदमा हरि कर्माचार्य, सहकोषाध्यक्षमा सुविन्द्र राजभण्डारी, मुख्य संयोजकमा राजेशकुमार श्रेष्ठ निर्विरोध हुनुभएको थियो । सहमुख्य संयोजकमा रुसन श्रेष्ठ विजयी हुनुभएको छ ।

खुला सदस्यमा मानकाजी प्रधान, रामकुमार श्रेष्ठ९बि०, अमरनाथ बादे श्रेष्ठ, भीमप्रसाद आचार्य, रामकुमार श्रेष्ठ९ए०, उमेशरत्न शाक्य, दमनकुमार श्रेष्ठ, रवि तौजले, रोहितकुमार श्रेष्ठ र श्यामकुमार भालु मुनाल विजयी हुनुभएको छ । महिला सदस्य इन्द्रलक्ष्मी श्रेष्ठ, कुमुदा वैद्य, क्षेत्रगत श्रीकृष्ण थापा, सुरेन्द्र सुद्धकार, सुमन चौप्रधान, विकासकुमार श्रेष्ठ र एशोसियटतर्फ साजन शाक्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक राजभण्डारीले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...