Admission Open

नेकपा एकतालाई जोगाउनुपर्छ : नेता भट्टराई

फुङ्लिङ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनभएको छ ।

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उहाँले बताउनुभयो । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उहाँको जिकिर थियो । प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उहाँले बताउनुभयो । नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...