Admission Open

सर्वोच्चले गर्यो संसद पुर्नस्थापनाको फैसला, १३ दिनभित्र संसद डाक्न आदेश

११ फागुन, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार ११ फागुनमा गरिएको आदेशमा १३ दिनभित्रै संसदको बैठक बोलाउनसमेत भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना प्रधान मल्लको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते दुई चरणमा सम्पन्न हुनेगरी निर्वाचन घोषणा गरेकी थिइन् । त्यसको सबत्र बिरोध भएको थियो भने त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...