Admission Open

सार्वजनिक सुनुवाइमा नगरवासीका गुनासै गुनासा

दमौली, २९ पुस
“मल कहिल्यै पनि समयमा आएन, मल कहाँ पाइन्छ भन्ने जनतालाई थाहा पनि छैन । भौतारिएर दमौली बजार पूरै घुम्दा पनि मल नपाउँदा जनतालाई दुःख भयो”, तनहुँको व्यास नगरपालिका–१ देबबहादुर गुरुङले गुनासो राख्दै भन्नुभयो, “बीउ पनि कहिल्यै पनि समयमा आउँदैन ।”

नगरपालिकाले केही समय अगाडि मात्रै आलुको बीउ वितरण ग¥यो । उक्त बीउ लिनका लागि नगरवासीले सास्ती भोग्नुपरेको गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “वडाले बीउ लिनका लागि सूचना ग¥यो, हामीले सोहीबमोजिम वडामा टिपायौँ तर आलुको बीउ लिनका लागि ठूलो हण्डर खानुप¥यो ।” वडाले आलु बिक्री गर्ने बिक्रीकर्तालाई सम्पर्क गर्न आग्रह गरे पनि पटक–पटक फोन गर्दा सुनुवाइ नभएको गुरुङले बताउनुभयो । तनहुँको व्यास नगरपालिकाले मङ्गलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्ना गुनासो राख्दै गुरुङले नगरपालिकाले प्रवाह गर्ने सेवा जनतामुखी हुनुपर्ने बताउनुभयो ।

व्यास नगरपालिका–६ का नवराज न्यौपानेले कृषि शाखाले उपलब्ध गराउने अनुदान ग्रामीण भेगसम्म नपुगेको गुनासो गर्नुभयो । “अनुदान दिने व्यवस्था न्यायोचित भएन, नगरपालिकाले अनुदान वितरणका क्रममा नगरवासीलाई सूचना प्रवाह गरिएन”, न्यौपानेले भन्नुभयो । नगरपालिकाभित्र सार्वजनिक जग्गा मिचिँदा पनि नगरपालिका चुप लागेर बसेको उहाँले आरोप लगाउनुभयो ।

न्यौपानेले नगरपालिकामा आएर योजना सम्झौता गर्ने क्रममा ढिलाइ हुँदा सास्ती खेप्दै आउनुपरेको बताउनुभयो । “धाउँदा धाउँदा तिघ्रा कामिसक्दा र चप्पल फाटिसक्दा पनि योजना सम्झौता हुन सक्दैन”, उहाँले भन्नुभयो । वर्षायाममा बाढीपहिरोबाट जनता पीडित भइरहँदा वडाध्यक्षहरुले अनुगमन नगरेको उहाँले गुनासो गर्नुभयो ।

व्यास नगरपालिका–१ का ज्ञानेन्द्र बसौलाले वडागत बजेट विवरणमा दामासाही र हचुवाको भरमा बजेट वितरण गरिँदा न्यायोचित नभएको गुनासो गर्नुभयो । “जनसङ्ख्या र भूगोललाई प्राथमिकता दिएर बजेट वितरण गरिनुपर्नेमा हचुवाका भरमा बजेट विनियोजनले न्यायोचित भएन”, उहाँले भन्नुभयो ।

व्यास नगरपालिका–२ का इमकुमार मल्लले बजार क्षेत्रमा सार्वजनिक जग्गा हराउँदै जाने क्रम बढेकाले त्यसतर्फ ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । व्यास नगरपालिका–१ का भरप्रसाद पन्थले घरको नक्शा बनाउने क्रममा एउटै बाटोको दूरीमा पनि फरक–फरक मापदण्ड कायम गरेर स्वीकृति दिइएको बताउनुभयो ।

नगरवासीको गुनासो सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जनताको चासोसँग जवाफदेहीतालाई विकास गरिने बताउनुभयो । उहाँले प्रत्येक वडामा भएका सार्वजनिक जग्गा संरक्षणका लागि नगरपालिको प्रतिबद्धता व्यक्त गर्नुभयो । समयमै मल र बीउ नपाएको विषय अत्यन्तै संवेदनशील रहेकाले यसतर्फ नगरपालिकाको ध्यान गएको र यसलाई सुधार गर्दै लैजान नगरपालिका प्रतिबद्ध रहेको न्यौपानेले बताउनुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मी, आर्थिक पूर्वाधार विकास शाखा प्रमुख राजेन्द्र कार्की, शहरी पूर्वाधार तथा प्राविधिक शाखा प्रमुख डा राजु पौडेल, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, प्रशासन शाखा प्रमुख मेघनाथ आचार्य, लेखा प्रमुख हेमन्त गुरुङले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजना विवरण सार्वजनिक गर्नुभएको थियो ।

वडाध्यक्ष कप भलिबलको उपाधि वडा ११ लाई

तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ स्थित बराहडाँडामा भएको प्रथम वडाध्यक्ष कप भलिबलको उपाधि शुक्लागण्डकी नगरपालिका–११ राइपुरले जितेको छ । युवा तथा खेलकूद विकास समिति शुक्लागण्डकी–१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको फाइनल खेलमा मङ्गलबार वडा नं १२ ढोर फिरफिरे ९क० लाई ११ ले पराजित गरेको हो । २५–१८, २५–१९, २५–२३ को सोझो सेटमा हराउँदै वडा ११ लेउपाधि हात पारेको हो ।

उपाधिसँगै वडा नं ११ ले नगद रु ६० हजारको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो स्थान हासिल गरेको वडा नं १२ ९क० ले रु ३० हजारमा चित्त बुझायो । यसअघि सोमबार भएको सेमिफाइनलमा वडा नं १ थप्रेकलाई हराउँदै ११ फाइनल प्रवेश गरेको थियो । वडा नं ५ बेलचौतारालाई हराउँदै १२ ९क० फाइनल यात्रा सुरक्षित गरेको थियो ।

वडा नं १ ले वडा नं ५ लाई २५–१६, २५–१९, २३–२५ र २६–२४ को सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गरेको छ । तेस्रो हुने वडा नं १ ले नगद रु १५ हजारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । विजेतालाई वडाध्यक्ष मनराज गुरुङले पुरस्कार वितरण गर्नुभयो । २८ बजार मेलाको अवसरमा आयोजित प्रतियोगिता आइतरबादेखि शुरु भएको हो । वडा नं १२ का दुईसहित १० समूह सहभागी भएका थिए । शुक्लागण्डकीका १२ वटै वडाका समूहलाई प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजित प्रतियोगितामा वडा नं २, ४ र ८ भने सहभागी नभएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...