Admission Open

भोलि शुक्रबार रत्नपार्कमा माधब-प्रचण्ड पक्षको विशाल विरोधसभा

ऐक्यबद्धता जनाउन सबैलाई अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधब-प्रचण्ड पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले गरको प्रतिनिधिसभा विघटनको विरोधमा उपत्यकाका विभिन्न ठाउँबाट मर्यादित नारा लगाउँदै जुलुस निकाल्ने र रत्नपार्कमा जम्मा भई विशाल बिरोध शभाको आयोजना गर्ने जनाएको छ ।
उपत्यका र उपत्यका आसपासका जिल्लाहरुबाट समेत नेता तथा कार्यकर्ताको सभागिता हुने जुलुसलाई मर्यादित बनाउन नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य गणेश साह, मातृका यादव, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, भीम रावल, हरिबोल गजुरेल, वर्षमान पुन, वेदुराम भुसाल, शक्ति बस्नेत, नन्दकुमार प्रसाईँ, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, घनश्याम भुसाल, जनार्दन शर्मा र योगेश भट्टराईलगायतका नेताहरुले जुलुसको नेतृत्व गर्ने कुरा नेकपाले बताइएको छ ।
जुलुसलाई मर्यादित तथा व्यवस्थित पार्न जुलुसमा अमर्यादित नारा नलगाउन र निर्धारित नारा मात्र लगाउन निर्देशिका जारी गरी
विरोध सभालाई थप व्यवस्थित र मर्यादित बनाउन सबै कार्यकर्तालाई केन्द्रीय सङ्घर्ष समितिले आग्रहसमेत गरेको छ । उक्त सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाललगायत वरिष्ठ नेता झलनाथ खनाल र अन्य नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रममा ऐक्यबद्धता जनाउन सबै राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसङ्गठन तथा आमजनसमुदायमा अपिल पनि गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...