Admission Open

बिरामीको घर–घरमा पुगेर नमूना सङ्कलन

काठमाडौँ, १९ माघ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घर–घरमा पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घर–घरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अशक्त बिरामीको सजिलोका लागि अस्पतालले बिरामीको घरघरमै पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलनको व्यवस्था मिलाएको जानकारी दिनुभयो । “रोगले थला परेका बिरामीलाई घरमै पुगेर रगत, दिशापिसाबको रिपोर्ट लिँदा सहज हुने भएकाले ग्राण्डी अस्पतालले उक्त व्यवस्था शुरु गरेको हो,”उहाँले भन्नुभयो । कोभिड– १९ का कारण अस्पताल आउन नमान्ने बिरामीलाई समेत उक्त कार्यले सहयोग पुग्ने अस्पतालले विश्वास लिएको छ । नमूना सङ्कलन गर्न लाग्ने खर्च भने बिरामीले ई–सेवामार्फत अस्पतालको खातामा पठाउने व्यवस्था मिलाइएको छ । उक्त अस्पतालले गत महिनाबाट ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचारसमेत शुरु गरेको थियो । ग्राण्डीले दाँतमा लागेको चोटपटक चाँडो निको बनाउनका लागि उक्त विधिबाट उपचार शुरु गरेको हो ।

अस्पतालका रक्तसञ्चार केन्द्रका प्रमुख डा विपीन नेपालले व्यक्तिकै रगत निकालेर ‘प्लाटिलेट्स रिच फाइब्रिन’ विधिबाट दाँतको उपचार गर्दा चाँडो निको हुने भएपछि उक्त विधिलाई ग्राण्डीले शुरु गरेको बताउनुभयो ।

ग्राण्डीले विसं २०७३ मा आफ्नै रक्तसञ्चार केन्द्र स्थापना गरी अस्पतालमा हुने शल्यक्रियाका लागि रगत पु¥याउँदै आएको छ । अस्पतालले हरेक हप्ताको शनिबार उपत्यका तथा उपत्यका बाहिरका विभिन्न स्थानमा रक्तदान कार्यक्रमसमेत आयोजना गर्दै आएको छ ।

ग्राण्डी अस्पतालले रगत अभावका कारण कोही बिरामीले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उपत्यकाका विभिन्न सरकारी अस्पतालमा आवश्यक पर्ने रगतसमेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...