Admission Open

ad place

टी-२० विश्वक: न्युजिल्यान्ड पहिलो पटक फाइनलमा

न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक टि-ट्वान्टी विश्वकपको फाइनल पुगेको छ।

काठमाडौँ, २५ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत बुधबार भएको  सेमीफाइनलमाको पहिको खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक टि-ट्वान्टी विश्वकपको फाइनल पुगेको छ। यस अघि सन् २०१६ र २००७ मा न्युजिल्यान्डको यात्रा सेमीफाइनलमा टुंगेको थियो।

युएईको शेख जायद स्टेडियममा टस हारेर ब्याटिंगको निम्तो पाएको इंग्ल्यान्डले २० ओभरमा ४ विकेट क्षेतीमा १६६ रन बनाएको थियो। इंग्ल्यान्डको लागी  ब्याट्सम्यान मोइन अलिले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए । यस्तै डेविड मलानले ३० बलमा ४ चौका र १ छक्का मद्दतले ४१ रन बनाए। जोस बटलरले २९, लियाम लिभिंगस्टोनले १७ तथा जोनी बेयरस्टोले १३ रन बनाए।

इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। न्युजिल्यान्डको लागि ओपनर डेरेल मिचेलले अविजित रहँदै ४७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ७२ रन बनाए । यस्तै डेभोन कनवेले ३८ बलमा ५ चौका र १ छक्का मद्दतले ४६ रन बनाए र जेम्स निशमले ११ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुरुवात राम्रो हुन गर्न नसकेको न्युजिल्यान्डले पावरप्लेमा  २ विकेट क्षेतीमा ३६ रन बनाएको थियो । डेभोन कनवे र डेरेल मिचेलले ८१ रनको साझेदारी गरे। जितको लागि २४ बलमा ५७ रन आवस्यक हुँदा क्रिस जोर्डनले गरेको १७ औं ओभरमा २३ रन खर्चिए। निशमले २ छक्का र १ चौका प्रहार गरे। अठारौं ओभरमा आदील रशिदले १४ रन खर्चे पनि अन्तिम बलमा निशमलाई क्याच आउट पार्दै इंग्ल्यान्डलाई खेलमा फर्काए। जितको लागि अन्तिम २ ओभरमा २० रन आवस्यक रह्यो। क्रिस वोक्सले गरेको उन्नाईसौं ओभरको दोश्रो र तेश्रो बलमा मिचेलले लगातार छक्का तथा अन्तिम बलमा चौका प्रहार गर्दै खेल जिताए।

न्युजिल्यान्डको लागी बलर टिम साउदी , एडम मिल्ने , इश सोढी , जेम्स निशमले समान १-१ विकेट लिए ।

इंग्ल्यान्डको बलिंगमा लियाम लिभिंगस्टोन र क्रिस वोक्सले  समान २ विकेट लिए भने आदील रशिद ले एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत दोश्रो सेमीफाइनल खेल बिहिबार अस्ट्रेलिया र पाकिस्तान बीच खेलिनेछ। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...