काठमाडौँ, २२ सोमबार
युएईको शारजाह स्टेडियममा आईतबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा पाकिस्तानले स्कटल्याण्डलाई ७२ रनले पराजित गर्दै टि-२० विश्वकपको सेमीफाइनल प्रवेश गरेको छ।
यो खेल सँगै सातौं संस्करणको आईसिसी टी ट्वान्टी विश्वकपको सेमिफाइनल समिकरण पुरा भएको छ।
समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया तथा समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्।
पाकिस्तानले सेमीफाइनलमा समुह ‘१’ को उपविजेता अस्ट्रेलियासंग नोभेम्बर ११ तारिखमा प्रतिस्पर्धा गर्नेछ। यस्तै पहिलो सेमीफाइनलमा समुह ‘१’ को विजेता इंग्ल्यान्डले समुह ‘२’ को उपविजेता न्युजिल्यान्डसंग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल नोभेम्बर १४ तारिखमा दुबईमा हुनेछ।