काठमाडौँ, १७ कार्तिक
आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोट खेलको खेल तालिका सार्वजनिक भएको छ। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) द्वारा घोषित खेल तालिका अनुसार नेपालले पहिलो खेल नोभेम्बर २२ तारिखमा हंगकंगसंग खेल्नेछ।
युएईमा यही नोभेम्बरमा हुने छनोटमा नेपालसहित भुटान, हंगकंग, कुवेत, मलेसिया र आयोजक युएई प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा नेपाल र हङकङसहित भुटान, कुवेत, मलेसिया र आयोजक युएईले सिंगल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्दैछन् । ६ वटा टिमले एकअर्कासंग एक/एक खेलमा प्रतिस्पर्धा गरेपछि उत्कृस्ट हुने एउटा टिम आगामी वर्ष आयोजना हुने ग्लोबल छनोट प्रतियोगितामा छनोट हुनेछ। ग्लोबल छनोटमा पाँच क्षेत्रका उत्कृष्ट टिमहरुसहित ८ टिमले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट शीर्ष दुई टिमल २०२३ फेब्रुअरीमा हुने टी२० महिला विश्वकपमा छनोट हुनेछन् ।
नेपालले दोस्रो खेल भुटानसँग नोभेम्बर २३ मा खेल्नेछ । यस्तै तेस्रो खेल नोभेम्बर २५ मा कुवेतसँग, चौथो खेल मलेसियासँग नोभेम्बर २६ र पाँचौ खेल युएईसँग नोभेम्बर २८ मा खेल्नेछ ।
नेपालको महिला टिमले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो । नेपाली महिला राष्ट्रिय टिमले अन्तिम पटक २०१९ मा नेपालको पोखरामा आयोजित साग महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको थियो।
प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिसकेको छ। जगत टमाटाले उनीहरुलाई प्रशिक्षण गराइरहेका छन् ।
नेपालि टिम : रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई
बैकल्पिक खेलाडी : सरस्वति जिएम, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी