Admission Open

ad place

टि-२० विश्वकप : अफगानिस्तानको सहज जित

नामिबियालाई ६२ रनको विशाल अन्तरले अफगानिस्तानले पराजित गरेको हो ।

काठमाडौँ, १५ कार्तिक

आईसीसी टि-२० विश्वकप अन्तर्गत आईतबार भएको सुपर-१२ चरणको समुह ‘२’ अन्तर्गतको खेलमा नामिबिया बिरुद्ध अफगानिस्तानले सहज जित निकालेको छ । नामिबियालाई ६२ रनको विशाल अन्तरले पराजित गर्दै अफगानिस्तानले टि-२० विश्वकपको सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को दोश्रो स्थानमा यथावत रहेको छ। तिन खेल खेल्दा अफगानिस्तानले २ जित र १ हार बेहोर्दै ४ अंक बटुलेको छ।

टस जितेर ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट क्षेतीमा १६० रन बनाएको थियो। अफगानिस्तानको ब्याटिंगमा ओपनर मोहम्मद शाहजादले सर्वाधिक ४५ , हज्रतुल्लाह जजाईले ३३, अस्घर अफ्घानले ३१ तथा कप्तान मोहम्मद नाबीले अविजित ३२ रन बनाएका थिए ।

शेख जायद स्टेडियम अबुधाबीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ९८ रन मात्र बनाउन सक्यो। नामिबियाको ब्याटिंगमा डेभिड विजेले सर्वाधिक २६ रन, लफी इटनले १४, जेरार्ड इरास्मसले १२, रुबेन ट्रंपलम्यानले अविजित १२ तथा माइकल भान लिंगेनले ११ रन योगदान दिए।

नामिबियाको लागी बलर रुबेन ट्रंपलम्यान  र लफी इटनले  ले समान २-२ तथा जेजे स्मितले एक विकेट लिएका थिए भने अफगानिस्तानकोलागी  हमिद हसन  र नभिन उल हकले समान ३-३  विकेट लिएका थिए त्यस्तै गुल्बदिन नैबले २ तथा राशिद खानले एक विकेट लिएका थिए ।

जितपछि अफगानिस्तान ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंक सहित सुपर १२ अन्तर्गत समुह ‘२’ अंकतालिकाको दोश्रो स्थानमा यथावत छ। नामिबिया दुई खेलमा एक/एक जित र हार पछि २ अंक सहित तेश्रो स्थानमा यथावत रहेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...