केशब आचार्य,
काठमाडौं, २३ असोज : चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपिएल) टी-२० को उपाधि चितवन टाइगर्सले जितेको छ । चितवनले पोखरालाई ४ विकेटले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।
चितवनलाई जिताउन भीम शार्कीले सर्वाधिक ६३, दिलिप नाथ १८, राजेश पुलामी मगर १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरेका छन थिए ।
टस हारेर ब्याटिंगको निम्तो पाएको पोखराले सत्र ओभरमा सबै विकेट गुमाउँदै १११ रन बनाएको थियो । पोखरा का लागि
असल गुनारत्नेले सर्वाधिक ३४ रन बनाएका थिए । त्यस्तै रिचार्ड लेवी २६, क्याप्टेन बिनोद भण्डारी २२ र बिपिन रावलले १७ रनको योगदान दिएका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
चितवनका लागि कमल सिंह ऐरीले ४ विकेट लिएका थिए भने करिम जनत र सीक्कुगेले समान २-२ तथा सागर ढकाल र क्याप्टेन सोमपाल कामीले १-१ विकेट लिएका थिए ।
पोखराका लागि किशोर महतोले ४ तथा नन्दन यादवले २ विकेट लिएका थिए ।
सोमपाल कामीको कप्तानीमा चितवनले लिगमा पहिलो चरणका ५ मध्ये ४ खेल जित्दै अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। पोखरा ५ मध्ये ३ खेलमा जित दर्ता गर्दै प्लेअफ पुगेको थियो।
चौथो संस्करणको ईपीएलमा चितवन र पोखरा दुवै पहिलो पटक फाइनल पुगेका हुन। लिगको प्लेअफ चरण अन्तर्गत चितवनले पहिलो क्वालिफायरमा पोखरा राइनोजलाई पराजित गर्दै तथा पोखराले दोस्रो क्वालीफायरमा भैरहवा ग्ल्याडीएटर्सलाई हराउँदै फाइनलमा पुगेका थिए ।
चितवन अघिल्लो संस्करण प्लेअफ पुगे पनि फाइनल पुग्न असफल थियो भने पोखरा गत सिजन पहिलो चरणबाटै बाहिरिएको थियो। लिगको पहिलो संस्करणको उपाधि शरद भेसावकर कप्तानीको पन्चकन्या तेजले, दोस्रो संस्करणको उपाधि पारस खड्का कप्तानीको विराटनगर वारियर्सले तथा तेस्रो संस्करणको उपाधि ललितपुर पेट्रिएट्सले जितेको थियो।