Admission Open

ad place

चितवनले पोखरालाई नौं विकेटले हरायो

केशब आचार्य ,

काठमाडौं, १५ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत शुक्रबार भएको दोस्रो खेलमा चितवनले पोखरालाई नौं विकेटले हराएको छ । यो जितसँगै चितवन लिगको शिर्ष स्थानमा उक्लिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै  १२३ रन बनाएको थियो ।

पोखराका लागि विवेक यादवले तिन चौका र तिन छक्काको हान्दै सर्वाधिक ५३ (अविजित ) रनको हानेका थिए । त्यस्तै रिचार्ड लेव्ल २० , रित गौतम २ , कप्तान विनोद भण्डारी ५ , लोकेश बम ८ , असल गुनारतिने २५ र  केसृच्क विल्लिअम्स २ ( अविजित ) रनको योगदान गरेका थिए । सुनिल धमला र बिक्रम सोब सून्य मै  पभेलियन फर्किएका थिए ।

इशान पाण्डे सून्यमै पभेलियन फर्किदा चितवनले मात्र २ रन हुँदा पहिलो विकेट गुमाएको थियो । तर दोस्रो विकेटका लागि मोहम्मद शहजाद र भिम शार्कीले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जिताएका थिए । शहजादले ७ चौका र २ छक्काको मद्दतले सर्वाधिक ५२ रन बनाएका थिए भने भीम शार्कीले ५ चौका र १ छक्काको मद्दतले ५४ रन बनाएका थिए ।

पोखराको लागी बिक्रम सोबले १ विकेट लिएका थिए ।

चितवनको लागी कमल सिंह ऐरी र शाहब अलामले समान २ – २ विकेट लिएका थिए भने सोमपाल कामीले १ विकेट लिएका थिए ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...