काठमाडौं, १४ असोज : बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० अन्मातर्गत बिहीबार भएको पहिलो खेल चितवन टाइगर्स र काठमाडौं किंग्स -११ बीचमा चितवन टाइगर्सले काठमाडौं किंग्स -११ लाई ३ विकेटले हराएको छ । काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउँदै जित हात पारेको थियो ।
टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै चितवनसामु १४२ रनको लक्ष्य दिएको थियो।
काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २८ रनको योगदान गरे । यस्तै जनक प्रकाशले २६ रन बनाएका थिए । रहमानुल्लाह गुरबाजले ५ रन बनाए भने अमित श्रेष्ठ ६ रनमा आउट भए । यस्तै रायन बर्लले खाता खोल्न नसक्दा गुल्शन झाले ४ रन बनाएका थिए । क्याप्टेन संदिप लामिछानेले अविजित ७ रन तथा सिद्धान्तले ८ रन बनाएका थिए ।
चितवनका लागि राजेश पुलामीले सर्वाधिक अविजित २६ रनको योगदान दिएका थिए भने कमल सिंह ऐरी (अविजित) र दिलीप नाथले समान २३ – २३ रनको योगदान दिएका थिए । त्यस्तै करिम जनत तथा मोहम्मद सहजादले क्रमस २१ र १७ रन बनाए थिए । कप्तान सोमपाल कामी शुन्य रनमा आउट भए भने भीम सार्कीले ६ रन बनाउँदा सेकगे प्रसन्नले ५ र इशान पाण्डेले ४ रन बनाएका थिए ।
चितवनलाई जिताउन सागर ढकालले ४ , करिम जनतले २ , कमल ऐरी र सेकुगे प्रसन्नले समान १ – १ विकेट लिन सफल भएका थिए ।
काठमाडौं किंग्स -११ का रायन बर्ल र जितेन्द्र मुखियाले २/२ विकेट लिएका थिए भने कप्तान सन्दीप लामिछाने र गुल्शन झाले समान १/१ विकेट लिएका थिए ।