Admission Open

ad place

छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउँछ : नेपाल

हेटौंडा : पूर्व प्रधानमन्त्री तथा  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् ।
आज  हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेपालले  मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश–१ को सरकार फेरबदलमा लाग्ने जानकारी दिए । हाल बागमती र प्रदेश–१ मा नेकपा एमाले नेतृत्वको सरकार रहेको छ ।

नेपालले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिंडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताए । ‘नेकपा ९एकीकृत समाजवादी० पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्ने छ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो’, उनले भने ।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने उनको भनाइ छ । अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए ।

नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको व्यक्ति भएको आरोप लगाए । उनले ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने दाबी गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...