Admission Open

ad place

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण महिला फुटबल खेल आज

काठमाडौं : नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ ।

घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

एएफसी महिला एसियन कप(२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो ।

नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...