Admission Open

शाओमीको अथोराइज्ड सर्भिस सेन्टर वीरगञ्जमा

काठमाडौं : ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शुक्रबार नेपालमा आफ्नो नवीनतम अथोराइज्ड सर्भिस सेन्टर (एएससी) को घोषणा गरेको छ । रुँताजमल, आदर्शनगर, वीरगन्जमा अवस्थित, यो एएससी संग, शाओमीले नेपालमा आफ्नो बिक्री पछिको सेवा नेटवर्कलाई अझ सुदृढ बनाएको छ । शाओमीका अन्य सेवा केन्द्रहरु काठमाडौँ, पोखरा, नेपालगन्ज, नारायणघाट, धनगढी, बुटवल र इटहरीमा रहेका छन् ।

सो अवसरलाई सम्बोधन गर्दै कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “शाओमीमा, मी फ्यानहरुको विश्वास र सन्तुष्टिलाई प्राप्त गर्नु नै हाम्रो लागि सर्वोपरि हो । हामी महसुस गर्छौं कि ब्रान्डमा हाम्रा उपकरणहरुको गुणस्तर र मजबूत बिक्री पछि सर्भिस प्राक्टिसेजहरु भरोसाको सुदृढीकरणमा लामो बाटो जान्छन् । सेवाको गुणस्तर प्रदान गर्नु शाओमीमा हाम्रो प्रमुख स्तम्भहरु मध्येको एक भएकोले, हामी हाम्रो बिक्री पछि र ग्राहक सेवाको प्रयासहरुमा हाम्रो नवीन उपायहरुको सबै भन्दा राम्रो लागू गर्नको लागी प्रयास जारी राख्दछौँं । यी नवीन प्रयासहरुले हामीलाई हाम्रो मी प्रशंसकहरु र नेपालमा ग्राहकहरुको माया र विश्वास कमाउनको लागि मद्दत पुर्याउन महत्वपूर्ण भुमिका खेलेको छ जसले हामीलाई देशमा अघि बढ्न मद्दत गरेको छ । हामी आशा गर्दछौं कि यो नयाँ सेवा केन्द्रले नेपालमा हाम्रा सबै प्रयोगकर्ताहरुलाई उच्चस्तरीय सेवाको गुणस्तर प्रदान गर्ने दिशामा हाम्रो स्थिति र प्रतिबद्धतालाई अझ बलियो बनाउँनेछ ।”

लन्चको पहिलो हप्तामा, मी प्रशंसकहरुले सबै शाओमीका उत्पादनहरुमा र वारेन्टी नभएको मोडेलहरुमा सहित निःशुल्क सेवाको लाभ उठाउन सक्ने बताइएको छ । शाओमी नेपालले यसका लागि एउटा सेवा शिविर स्थापना गर्ने छ । मी फ्यानहरुले शाओमी नेपालको सामाजिक मिडिया ह्यान्डलमा सेवा शिविर समयको जाँच गर्न सक्दछन् ।

यी अथोराइज्ड सेवा केन्द्रहरुको सुरुवात संगै नेपालमा प्रयोगकर्ता समुदायहरुमा अधिकृत उत्पादनहरुको उपयोगमा वृद्धि भएको ब्रान्डले देखेको छ । शाओमीले नेपालमा बिक्री पछिको आफ्नो नेटवर्कलाई सुदृढ बनाउन जारी राखेको छ । यसले इन्टरनेटको दक्षताबाट प्रेरित भएर धेरै पहलहरु पनि प्रस्तुत गरेको छ जसको परिणाम स्वरूप उपभोक्ताहरुको लागी अधिक बृद्धि सेवाहरु, कम प्रतीक्षा समय, कम टएटी र उच्च सीएसएटी प्रदान बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...