Admission Open

ad place

जगदम्बा मोटर्सद्वारा प्रोटोन साँगा सार्वजनिक

काठमाडौं । जगदम्बा मोटर्सले चर्चित मलेशियाली अटोमोबाइल ब्राण्ड प्रोटोनको प्रोटोन साँगा गाडी भर्चुअल लाइभमार्फत नेपालमा सार्वजनिक गरेको छ। प्रोटोन नेपालको आधिकारिक फेसबुक र युट्युब पेज, केहीओनलाइन पोर्टल्स लगायत अन्य विभिन्न सामाजिक संंंंंंजालका चर्चित पेजहरुमार्फत समापन गरिएको उक्त भर्चुअल लाइभ लञ्च कार्यक्रममा मानिसहरुको उत्साहजनक सहभागिता देखिएको थियो। यस संगै जगदम्बा मोटर्सले नेपाली चार चक्के अटोमोबाइल प्रेमीमाझ एउटा नयाँ, फरक र सुविधा सम्पन्न विकल्प प्रस्तुत गरेको छ।

समारोहको उद्घाटन गर्ने क्रममा शंकर ग्रुपका अध्यक्ष शाहिल अग्रवालले भने, टिभिएस विभिन्न श्रेणीका दुइ चक्के र तीन चक्के गाडीमार्फत नेपाली अटोमोबाइल प्रेमीको एकदमै नजिक भैसकेको जगदम्बा मोटर्सकै माध्यमबाट बिश्वविख्यात मलेशियन अटोमोबाइल कम्पनी प्रोटोनको प्रोटोन साँगाू भित्र्याउँदै नेपाली चार चक्के अटोमोबाइल प्रेमी माझ एक नया कोशेली प्रस्तुत गर्न लागिरहेका छौँ । नयाँ तथा लेटेस्ट मलेसियन प्रविधिमार्फत उत्पादित, सर्वोत्कृष्ट फिचर्स र मज्जाको ड्राइभिङ्ग कम्फर्टको सुविधा भएको प्रोटोन साँगाले अवश्य पनि नेपाली चार चक्के अटोमोबाइल प्रेमीको बढ्दो चाहनाको पूर्ति गर्न सफल रहनेछ भन्नेमा हामी हार्दिक आशावादी छौँ ।यसैगरी गाडी सार्वजनिक गर्ने क्रममा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले भने, मलेशियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ र यस कम्पनीको प्रोटोन साँगा“ गाडी भित्र्याउँदै नेपाली चार चक्के सवारी साधन अनुयायी माझ एउटा नयाँ अन्तराष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा हामी अत्यन्तै उत्साहित छौँ। प्रोटोनबारे निकै आशावादी देखिएका अग्रवालले अगाडि भने, हाम्रो यो नयाँ सुरुवात रहेता पनि हाम्रा उपभोक्ताहरुले टिभिएसलाई दिएको झैँ साथ दिनुहुनेछ र प्रोटोनलाई पनि नेपालमा सफलताको सिढी चढाउँदै जगदम्बा मोटर्सलाई सफलताको एउटा नयाँ मुकाममा पुर्याउनुहुनेछ भन्ने हामीले पूर्णरुपमा आशा र विश्वास लिएका छौँ । गाडीको बारे कुरा गर्नु पर्दा प्रोटोन साँगा, प्रोटोनको गौरवमय इतिहासकै प्रथम गाडी रहेको छ, जुन १९८५ मा प्रथम पटक सावर्जनिक गरिएको थियो। समय संगै यसका नयाँ मोडलहरु निस्कँदै गए र साँगाको नेपाली बजारमा प्रवेश गरेको एडिसन पछिल्लो मोडलको रहेको छ। यस गाडीमा १।३ लिटरको भिभिटि इन्जिन समाहित गरिएको छ, जसले अधिकतम क्षमताका साथ आनन्दको राइडको मज्जा दिलाउँदछ । यसमा एलिगेन्ट रिअर स्पोइलर, नयाँ १५ इन्चको एलोए व्हिल डिजाइन, रिमोट ट्रंक रिलिज, इन्फिनिट् वेभ फ्रन्ट ग्रिल, एलइडि डे टाइम रनिंग लेम्प, र स्टाइलिश रिअर बम्पर जस्ता आकर्षक एक्स्टिरियर फिचर्स रहेका छन् जसले जो कोहीको यो कार देख्ने बित्तिक्कै आँखा लोभ्याउन काफी छन्। यसैगरी यसमा स्टाइलिस सेन्टर पेनल, स्मार्ट्फोन कन्नेक्टिभिटि, थ्री युएसबी पोर्टस, मिटर कम्बिनेसन विथ मल्टि इन्फर्मेसन डिस्प्ले, बेन्च टाइप रियर फोल्ड, र स्ट्यरिङ्ग टिल्ट एड्जस्ट्मेन्ट जस्ता सुविधा सम्पन्न इन्टेरियर रहेका छन् जसले ड्राइभर र पेसेन्जर दुवैलाई एक आरामदायी र सुबिधा सम्पन्न यात्रा गराउनेमा कुनै दुइ मत नै छैन। यो गाडी सुरक्षाको दृष्टिकोणले पनि एकदमै भरपर्दो रहेको छ र यात्रुको सुरक्षाका निम्ति केही कसर बाँकी छोडिएको छैन। हिल होल्ड एसिस्ट, रियर पार्किङ्ग सेन्सर, रिभर्स क्यामेरा, एबिएस विथ इबिडि, ब्रेक एसिस्ट, र एलेक्ट्रोनिक स्टेबिलिटि कन्ट्रोल जस्ता सुराक्षाका अत्याधुनिक सुविधाले सुसज्जित यस गाडी नेपाली अतोप्रेमीहरुले कतिको रुचाउछन त्यो त आगामी दिनमा देखिने नै कुरा हो।
काठमाडौं नक्सालस्थित रहेको शोरुमबाट अनावरण गरिएको प्रोटोन साँगा केही समयपछि देशका विभिन्न प्रमुख शहरहरुमा नयाँ डिलरहरुको स्थापना संगै उपलब्ध गराइने वितरक जगदम्बा मोटर्सको भनाई रहेको छ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...