Admission Open

मानुषी लघुवित्तको आइपीओ बिक्री खुला

काठमाडौँ, २७ साउन : मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि प्राथमिक सेयर (आइपीओ) निष्काशन गलगर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ३ लाख ९३ हजार ७५० कित्ता अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याउने भएको हो ।

कुल निष्काशित आइपीओ मध्ये ५ प्रतिशत कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याए पछिको ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधरणका लागि निष्काशन गर्न लागेको हो ।

सो आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी (ट्रिपल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...