Admission Open

रसुवागढी नाकाबाट स्याउ आयात   

रसुवा, २५ साउन : रसुवागढी नाकाबाट आइतबार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर रु ५० देखि ६० लाखसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट भने प्रतिकन्टेनर रु एक लाखमात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरिद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...